भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । ध्रुवराजले १६ हजार ६६३ मतसहित विजयी हुँदा एमाले सचिव शेरधन राईले १४ हजार ७५० मतमा ल्याए ।
नेपाली कांग्रेसका बालकृष्ण थापा ८ हजार ६७० मत ल्याएर तेस्रो हुँदा रास्वपाका रमेश ओझाले ६ हजार १०२ मत ल्याएका छन् । नेकपाका अजम्बर काङमाङले ५ हजार ६२८ मत ल्याएका छन् ।
श्रम संस्कृति पार्टीलाई प्रगतिशिल लोकतान्त्रिक पार्टीले खोटाङ, भोजपुर र धरान १ मा समर्थन गरेको थियो ।
श्रम संस्कृति पार्टीले यो निर्वाचनमा तीन वटा क्षेत्रमा विजय हासिल गरेको छ । खोटाङमा आरेन राई, सुनसरी १ मा अध्यक्ष हर्क साङपाङ र भोजपुरमा ध्रुवराज राई निर्वाचित भएका हुन ।




















