काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार विजयी साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने तामाङले २७ हजार २४९ मत पाएकी छन्।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार टीकाराम लिम्बु ६ हजार ४६३ मतसहित तेस्रो स्थानमा रहेका छन्।




















