काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्।
झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०:२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।
पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्।
यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने कार्यक्रम तय भएको छ।
आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए।
अध्यक्ष ओली जेनजी आन्दोलनमा जलेको दमकस्थित निवासमासमेत पुग्ने कार्यक्रम रहेको छ।




















