काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालयको आकस्मिक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।
उनका अनुसार, ‘जुम’ माध्यमबाट आयोजित बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल गरिँदै छ । (रासस)




















