काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेलसँग धरौटी माग गर्ने आदेश दिएको हो।
पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा करिब १६ लाख रुपैयाँको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
तर, अन्य भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतले थुनामा पठाउने आदेश दिइसकेको हुँदा यस आदेशका आधारमा उनी तत्काल थुनामुक्त हुने छैनन्।




















