काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो ।
आजको वैठकले केन्द्रीय समिति र कार्यसम्पादन समितिको निर्णय विपरित कार्य गरी पार्टी फुटाएको आरोपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले कारवाही गर्न सक्ने एक नेताले बताएका छन् ।




















