काठमाडौँ । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्।
उपरथीमा बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका छन्।
उपरथी दिपेशजंग शाह अवकास भएपछि रिक्त भएको पदमा खत्रीलाई बढुवा गरिएको हो।
यस्तै बुधबार नै तीना जना महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको छ। प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा, र सिताराम खड्कालाई पनि प्रधानसेनापति सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।





















