काठमाडौँ । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा बसोबास गरिरहेका १० जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्यूरोले बुधबार उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल र २९ वर्षीय अब्दुल रहेका छन्।
त्यसैगरी, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान पनि पक्राउ परेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको टोलीले नियन्त्रणमा लिएको हो। उक्त गण विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटिँदै आएको छ। पक्राउ परेका विदेशी नागरिकमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अध्यागमन विभागले गर्नेछ।




















