काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स माडी क्षेत्रमा खोलाले बगाएको छ।
माडी क्षेत्रमा बुधबार बिहान परेको भारी वर्षापछि बगहीको सहायक खोलामा आएको बाढीले एम्बुलेन्स बगाएको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।
उनका अनुसार एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलाले एम्बुलेन्स बगाए पनि उनीहरू सबै सकुशल रहेको रेग्मीले बताइन्।



















