काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार आफैँले चलाउने रिद्धिसिद्धि यातायातको बसमा आगो लगाउँदा मृत्यु भएका चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका अर्जुन दोङ रहेको पुष्टि भएको छ ।
वडाध्यक्ष प्रताप भ्लोनका अनुसार वडाबाट नागरिकताको लागि सिफारिस लिएको प्रमाण भेटिएन । जन्मदर्ता लिएर खोजीका लागि आफू सहित अर्जुनका दाजु जनक र अन्य परिवार सदस्यहरु काठमाडौँ हिँडेको प्रतापले बताएका छन् । अर्जुनको श्रीमती र ५ वर्षको एक छोरा छन् ।
उनले अरुको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको समेत खुलासा भएको छ । घाइते अर्जुनको किर्तिपुरस्थित वर्न अस्पतालमा सोमबार साँझ नै मृत्यु भएको हो ।




















