काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारणलाई परेको समस्याको विरोध गर्दै काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ।
त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनकारीले ‘बालेन सरकार, चुलोको समस्या समाधानमा किन यति ढिलोरु’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार कति सहनेरु’ तथा ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्नेरु’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
ग्यासको अभावका कारण दैनिक जीवन प्रभावित भएको र विद्यार्थीसमेत खाना पकाउने समस्यामा परेको भन्दै उनीहरूले सरकारले तत्काल ग्यास आपूर्ति सहज बनाउनुपर्ने माग गरेका छन्।




















