काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो।
भुम्डोलमै बस्दै आएका सेढाइको साथबाट इन्सास राइफल, एसएलआरका ४ राउण्ड गोली, प्लास्टिक राउण्ड २ वटा, सटगनमा लाग्ने १ राउण्ड, खुकुरी १ थान र त्यसका दाप २ थान, बन्चरो १ थान तथा सिरिन्ज ५ वटा बरामद गरिएको प्रहरीले जनाएको छ।
विष्णुप्रसाद भट्टका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
बरामद गरिएको राइफल तथा गोलीहरू ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका हुनसक्ने आशंकासहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















