सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रामिण बस्तीका सर्बसाधरणहरुलाई लक्षित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ ।
स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा डबल लेनको पुल निर्माण भएपछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउँपालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ ।
विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो ।
जिर्घा खोलामा ५० मिटरको सिंगल स्पानयुक्त पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रुपमा टेवा पुग्ने देखिएको छ ।
पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुदै तीनपाटन, गोलन्जोर र फिक्कल गाउँपालिकाका विभिन्न वडाका स्थानीयहरुलाई समेत सदरमुकाम सिन्धुलीमाडीसम्म आवात– जावत गर्न सुविधा हुने देखिएको छ ।
पुल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मका लागि तोकिएको स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजिवकुमार साहले बताए ।
सो पक्की पुलको सम्पूर्ण निर्माण कार्य तोकिएको म्यादभन्दा अगावै छिटो सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन कन्ट्रक्सन कम्पनिका प्रवन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले बताए ।
सडक पुलको निर्माण कार्य तिब्र रुपमा संचालन गरेको बताउँदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे, फलाटे लगाएत सो क्षेत्रका स्थानीय डेढलाल श्रेष्ठ र नारायण आलेले बताएका छन् ।




















