काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ।
रातिको समयमा सर्वसाधारणलाई पछ्याउँदै गहना, नगदलगायतका सामान लुट्ने घटना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति विशेष अपरेसनमा खटिएको थियो।
उक्त टोलीले लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउका क्रममा अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको उनले बताए।
यस घटनासम्बन्धी विस्तृत विवरण प्रहरीले पछि सार्वजनिक गर्ने जनाएको छ।




















