काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।
आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले थलिएका उप्रेतीलाई उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।
लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ले परिचित थिए ।
तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए ।
एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए ।
काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ । उनको आजै दोलालघाटमा दाहसंस्कार गरिने वडाध्यक्ष लामाले जानकारी दिए ।




















