काठमाडौँ । सडकमा ढुंगा खस्न छाडेपछि नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ ।
मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिकै पहरोबाट ढुंगाहरू झर्ना थालेपछि शुक्रबार बिहानदेखि यो सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो ।
ढुंगाहरू झर्ने क्रम रोकिएको छ भने मेसिनको सहायताले पहिरो हटाउने काम सुरु भएको छ । अहिले सडकमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा आग्रह गरिएको सडक डिभिजन कार्यालय भतरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले बताए ।

























