काठमाडौं । गोगंवुको एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा रकम र सुन बरामद गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार गोरखाका विनोद श्रेष्ठको घरमा छापा मारिएको र रकम, सुनसहित उनलाई पक्राउ गरिएको छ ।
झण्डै चार करोड रकम रहेको बताइए पनि रकम र सुन कति छ भन्ने एकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसके र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो अवैध रकमबारे सूचना आएपछि प्रहरी आज अपरेशन चलाएको हो । अहिले काठमाडौँका एसएसपी विश्व अधिकारी पनि घटनास्थलमा पुगेको बताइएको छ ।

























