काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।
उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।
बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। पछिल्लो अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो ।
प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन्।
१०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।