काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय महिला एक किलोभन्दा बढी सुनसहित पक्राउ परेकी छन् ।
पक्राउ पर्ने व्यक्ति ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी हुन्, जो एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आइपुगेकी थिइन्। मंगलबार राति विमानस्थलको आगमन भन्सार क्षेत्रको सुरुङ (टनेल) हुँदै आउँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार खेमानीको साथबाट १ किलो १५९ ग्राम अर्धठोस सुन बरामद भएको छ। उक्त सुन प्लास्टिकले बेरिएको तीनवटा डल्लाको रूपमा रहेको थियो।
सुन ओसारपसारमा संलग्न आशंकामा उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।