काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका उनी आजै अदालत गएका थिए ।
यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणा ३ लाख धरौटीमा सोमबार छुटेका थिए ।

























