काठमाडौँ । गौशालामा यात्रुबाहक बस अनियन्त्रित हुँदा सात वटा सवारी ठोकिएका छन् । एयरपोर्टतर्फ जाँदै गरेको बाबा गोकर्णेश्वर यातायातको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०ः५५ बजे दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र.०१–०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र.०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा बा ५१ प २२ नम्बरका मोटरसाइकल चालक धादिङका राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकलका पछाडि सवार नुवाकोटका विकास कट्टेल र प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङका शैलेन्द्र राई सामान्य घाइते भएको बताइएको छ ।
घाइतेहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी० अस्पतालमा उपचार भइरहेको छ ।