काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्बजनिक भएको छ । चर्चित गायिका शशि रावल को शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन् ।
हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबासबाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन । यस अघि सिड्नी झाने रेल, तिम्रो आबाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरि हुन् । बाबा जस्तै आफ्ना गीत हरु लाइ पनि दर्शक श्रोता हरु ले माया गरि दिनु हुन्छ भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन् ।