काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको गरेकी छिन् । लामो समयको मायाप्रेमपछि गत वैशाख ५ गते सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।
एलिनाले अफ्नो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मानसिक कष्ट दिएको हुँदा दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेर सम्वन्ध विच्छेद गर्नु परेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको पनि प्रस्ट पारेकी छन् ।
एलिनाले अदालतमा दिएको निवेदनमा ‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् ।
पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु/बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाले उल्लेख गरेकी छिन् । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि निवेदनमा उल्लेख गरेकी छिन् ।
एलिना झापाकी हुन भने विष्णु बागलुङका हुन । उनी अस्ट्रेलिया बस्छन् । विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन । तर छोटो बसाइ पछि नै दसैंअघि नेपाल फर्किइन् ।