काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।
जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
उक्त आदेशपछि बैंक ग्यारेन्टीमार्फत् लामिछानेले धरौटी रकम बुझाएका हुन् ।
लामिछानेलाई गत विहिबार जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।