काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए ।
आज विहान काठमाडौं आइपुगेका राजा त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भु गएका थिए । करिब आधा घण्टा त्यहाँ रहेको उनले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका थिए ।
स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी राजा आजै २ः३० बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । निजी भ्रमणमा आएका उनको कसैसँग पनि भेटघाटको कार्यक्रम छैन ।