काठमाडौं । आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ ।
नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।
यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । काठमाडौं को शक्तिपीठ हरुमा पनि हिजो बेलुका देखि नै शतवीज छर्ने हरु रात भरि बत्ति बालि आज बिहान शतवीज छर्न तिर्थालुहरुको घुईँचो लागेको छ ।