काठमाडौँ । रामेछापको सिमलडाँडा भिरमा भएको दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट बेतालीतर्फ गइरहेको फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । त्यसमा वडाध्यक्ष बस्नेत पनि परेका हुन ।
घाइते भएका तीन जनालाई मन्थली अस्पताल र तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताएका छन् ।
वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।