काठमाडौं । चाडपर्व नजीकिएसगैं काठमाडौं उपत्यका छोड्नेहरुको चापनिकै बढ्ने गर्दछ ।
त्यही चापलाई मध्येनजर गरेर सरकारले अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने भएको छ ।
दशैँतिहार पर्व नजिकिएसँगै घर जानेहरूका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने बताइएको छ ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीचको बैठकले यस्तो निणर्य गरेको हो ।
भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।