ललितपुर । मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन् ।
यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।
मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन् ।
प्रतियोगितामा सहभागीमध्येबाट फस्ट रनरअपमा स्मृति सिंह बिजेता बनेकी छिन् ।
सेकेन्ड रनरअप अक्षिता क्षेत्री र थर्ड रनरअप क्यारिन मुर्रे घोषित भएका छन् । सुजल बम फोर्थ रनरअप घोषित भइन् ।