काठमाडौं । एआई प्रयोग गरेर गायन र कम्पोज गरिएको ‘मायालु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रितम श्रेष्ठको शब्दमा रहेको यस गीतको सम्पूर्ण प्राविधिक अवधारणा स्वयम् श्रेष्ठको नै रहेको छ ।
म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ‘प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो ।
यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए ।
हाल गीतकार श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन् । उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए। नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन् ।