काठमाडौँ । गायक बद्री पंगेनीले गाएको ‘बसे है पाले दाइ’ बोलको भिडियोसहितको गीत विवादित बनेको छ ।
भर्खरै बद्री पंगेनीको समूहले भिडियोसहित बजारमा ल्याएको सो गीतले विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गरेको छ ।
सो गीतमा राष्ट्रिय गानप्रति पनि अपमान भएकाले सबैतिर आलोचना गरिएको छ । सो गीतले नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत गरिएको देखाएको छ । साथै आमशिक्षकहरुलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रुपमा चित्रण गरिएको छ ।
त्यतिमात्र होइन विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।

























