काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार बेलुकी परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने सोही दिन द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएका बेलामा प्रतिबद्धता जनाएका आयोजना र सहयोगहरुमा हस्ताक्षर हुने स्रोतले बताएको छ ।
उनी चीनको छ्याङ्दु र ल्हासासमेत जाने बताइएको छ । परराष्ट्रमन्त्री श्रेष्ठ चैत्र १९ गते स्वदेश फर्कने छन्।




















