काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राजनीतिक प्रणाली र पूर्ण समानुपातिक संसद् आवश्यक रहेको बताएका छन् ।
विशेष पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आफूहरु अब यिनै विषयलाई लिएर जनताका माझ जाने समेत बताए ।
आफूहरु कुनै पनि पार्टीमा जाने वा नेसपा र अर्को कुनै पार्टीबीच एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताउँदै डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गलत प्रचार गरेको समेत बताए ।
अध्यक्ष डा.भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको टिप्पणी समेत गरे ।
अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उनले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको भट्टराईको आरोप थियो ।
यादवलगायत नेता छुट्टिएको विषयलाई आफूहरूले ठूलो कुरा नमानेको उनको भनाइ थियो ।



















