काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विचार नबोकेका मान्छेहरूले आलो पालोको कुरा गर्ने बताएका छन् ।
काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू नेतृत्व गर्न योग्य नरहेको बताए।
उनले नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए । उनले भने ‘आलो पालो गर्ने कुरा अराजनैतिक विचार बोकेका मान्छेले गर्छन् । अहिले तपाईँको पालो त्यसपछि मेरो पालो। मेरोपछि तपाईँको पालो ।’
उनले अघिल्लो निर्वाचनमा काठमाडौंमा एमाले १० प्रतिशतमा खुम्चिएको बताउँदै त्यसलाई काठमाडौंका नेता-कर्यकर्ताले सुधार्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा त्यस्तो परिणाम दोहोर्याउन नदिन जनताको घरदैलो पुग्न निर्देशनसमेत दिए ।



















