रुपन्देही । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ ।
पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो।
इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका थिए।
केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराकोसमेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ ।
गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।



















