काठमाडौं । नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गरेको छ । जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ ।
कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुझेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा कार्यदलको प्रतिवेदन बुझ्दै शिर्ष नेताहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने जनाएका छन ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।



















