काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने सहकारी ठगीमा आरोपित भएकाले उनको राजीनामा माग गर्दै कांग्रेसले संसद वैठक अवरुद्ध गरेको हो ।
आजको प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सो विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।
गृहमन्त्री लामिछानेबारे उठेका प्रश्नको प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म वैठक चल्न नदिने कांग्रेसको चेतावनी पछि सभामुख घिमिरेले वैठक १५ मिनेटका लागि स्थगित भएको छ ।



















