काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।
बुधवारको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताइन् । उनले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन् ।
अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरुबिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन् ।



















