काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनिर्वाचित अध्यक्ष दाहाललाई राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हाे ।
शपथ ग्रहणपछि उनले पदभार समेत ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । दाहालले कांग्रेसका युवराज शर्मालाई पराजित गरे ।
दाहाल सत्तारुढ दलहरुका तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।




















