काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै न कुनै आशयका साथ गठबन्धन फेरेको आरोप लगाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर कांग्रेसले पटक-पटक गठबन्धन फेर्ने प्रचण्डको प्रवृत्तिमाथि प्रश्न उठाएको हो ।
कांग्रेस महासमितिमा उठेका विषय बहानाबाजीमात्र रहेको कांग्रेस प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ट पारे । उनले प्रधानमन्त्री प्रचण्डको निर्णय बेइमानीपूर्ण र विश्वासघात रहेको दोहोर्याएका थिए ।
उनले नेपालको अर्थतन्त्र पनि प्रधानमन्त्रीले भनेजस्तो औसत उपलब्धिमात्र नभएको बताए। उनले आफू अर्थमन्त्री भएपछि अर्थतन्त्र लयमा फर्किएको बताए।
उनले आफ्नो कार्यकालमा मूल्यवृद्धि, बैंकको व्याजदर घट्नुका साथै राजस्व संकलनमा पनि वृद्धि भएको बताए।
उनले आफू आएपछि सेयर बजार, पर्यटन र अर्थतन्त्रका अन्य सूचकहरू पनि राम्रो बन्दै गएको बताए।
पूर्व अर्थमन्त्री महतले आफूले जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री दाहालले खनिएको आशसमेत व्यक्त गरे । उनले नियम, कानुन र विधिसम्म नभएका निकासाहरू आफूले रोकेको बताए ।
उनले प्रधानमन्त्रीले लगाएका आरोपलाई कांग्रेसले ठाडै अस्विकार गर्ने बताए ।




















