काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।



















