काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज दुईजनाको उम्मेदवारी दर्ता भएको छ।
मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको थियो। दाहाल माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्। दाहाल २०७८ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।




















