काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल थालेको छ ।
शनिबार विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल भएको हो ।
आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पार्टीले उम्मेदवार उठाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार अन्य दलसँग छलफलपछि राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाइने छ ।




















