काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको बताएका छन् ।
बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्न दलहरुलाई पटक-पटक धोका दिने गरेको बताएका हुन्।
उनले सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि नरहेको दाबी गरे । थापाले संसदमा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफूलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे ।
उनले प्रधानमन्त्रीले अहिले जनमतलाई समेत लत्याएको बताए । थापाले गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहानामात्रै रहेको टिप्पणी गरे ।
निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि विभिन्न ढोका खुल्ला भएको उनले बताए ।




















