काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको राजनीतिक व्यवहारको कारण गठबन्धन परिवर्तन गर्नुपरेको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले समर्थन फिर्ता लिएकाले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्।
उनले महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर गरेकोप्रति असन्तुष्ट व्यक्त गरे । उनले व्यक्तिगतरुपमा माया गरेपनि परिवर्तन, समृद्धि राजनीतिक र सुशासन नारा बोक्दा जति साथ दिनुपर्ने त्यति नदिएको धारणा राखे ।
आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे ।
उनले प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताए। प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए ।




















