काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।
मन्त्रिपरिषद पुनर्गठन पछि बसेको पहिलो प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक बर्तौलाले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
एमाले नेता तथा प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि अध्यक्ष ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन् । उनी पहिले सचेतक थिए।
उनले सरकार फेरिए पनि आफ्ना भूमिका र देशप्रतिको जवाफदेहीता नफेरिएको उल्लेख गरे।
उनले थपे,’हिँड्दा हिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन। हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने पनि सरकारलाई छुट छैन।’




















