काठमाडौं । सरकारले कमिसन अन द स्ट्याटस अफ वुमनको सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकले संयुक्त राष्ट्रसंघको उक्त सम्मेलको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । उनी यसअघि पनि सरकारको प्रवक्ताका रुपमा थिइन् । बैठकपछि सरकारका प्रवक्ता शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिएकी छिन् ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार मन्त्रिपरषद् विस्तार गरेर २० सदस्यीय बनाइएको छ । सरकारमा एमाले, माओवादी, रास्वपा र नेकपा एसका मन्त्री छन् ।




















