काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक संघीय संसदको लोत्से हलमा वैठक वस्दैछ ।संसदीय दलको बैठकमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।
सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । प्रचण्ड सरकारलाई वहुमत पुर्याउन रोक्ने कसरत गरेपनि सफल हुन सकेन । प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । नेकपा एसलाई रोक्ने प्रयास असफल भएपनि लोसपा, जनमत, नाउपालगायतका साना दललाई भने सरकारमा जानबाट कांग्रेस रोक्न सफल भएको छ ।
आजको वैठकले आगामी रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।




















