काठमाडौँ । नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । बुधवार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै महासेठले सिंहदबारस्थित मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।
नेकपा एमालेका प्रभावशाली नेता महासेठ यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहेका थिए । २०१८ सालमा धनुषामा जन्मिएका महासेठले सिभिल इन्जिनियरिङमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।




















