काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । आज बसेको सचिवालय बैठकले वर्तमान सरकारमा सहभागीता जनाउने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।
मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए ।
अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि पुन छलफल गरेर टुंग्याउने समेत सहमति भएको थियो ।
हिजोको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो।
वैकल्पिक सत्ता गठबन्धनका लागि पहलकदमीका लागि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितले नेताले अध्यक्ष नेपालसँग भेटवार्ता समेत गरेका थिए । उनीहरुको बीचको भेटवार्ता सकारात्मक भएको बताइएको थियो ।




















